३ पुस, धादिङ – धादिङ जिल्लामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई स्वागत गरिएको छ ।
धादिङ उद्योग वाणिज्य संघले आज आफ्नो कार्यलयमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । स्वागत कार्यक्रममा बोल्दै प्रजिअ सुवेदीले नीजि क्षेत्रको विकास तथा पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने बताए । धादिङको आर्थिक विकासमा उद्योग वाणिज्य, विभिन्न संघसंस्था, सम्बन्धित निकायसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनी श्रम मन्त्रालयबाट धादिङको प्रमुख जिल्ला अधिकारीका रुपमा आएका हुन् ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा विभिन्न संघका संस्थापक अध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, संघका कार्यसमितिका सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।