Thu. Mar 13th, 2025

भूकम्प विस्थापित लक्षित काम गर्न आग्रह

world visison२ पुस,  धादिङ – वल्र्ड भिजन ईन्टरनेसनल नेपालले आज जिल्लामा क्रियाशील पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

शिक्षा, स्वास्थ्य र विषेश गरी बालबालिकाको क्षेत्रमा काम गर्ने उद्देश्यले धादिङलाई कार्यक्षेत्र बनाएको संस्थाले अहिले सम्म गरेको क्रियाकलापको बारेमा जानकारी गराएको छ । सन् १९५० सालमा स्थापना गरिएको वल्र्ड भिजन ईन्टरनेशनलले विश्वका ९० देशमा शिक्षा, स्वास्थ्य, खानेपानी, पुनःनिर्माण र आत्मनिर्भर बनाउनको लागी विभिन्न कार्यक्रम सन्चालन गर्दै आईरहेको छ ।

भुकम्प पीडितहरुलाई तत्कालको लागी राहत उलपब्ध गराउनेदेखि दिर्घकालीन रुपमा रणनीति बनाएर धादिङमा काम गर्ने संस्थाका नेपाल प्रतिनिधि ईन्डोनेसीयाली नागरिक स्यालीले बताए । धादिङको पाँच वटा गाविसमा स्थानीय गैर सरकारी संघ–संस्थामा मार्फत काम गर्ने जिल्ला संयोजक मानबीर विश्वकर्माले बताए । धादिङको गुम्दी, सल्यानकोट, कटुञ्जे, खाल्टे र जिवनपुरमा जिविकोपार्जन र पुर्ननिर्माणको क्षेत्रमा काम गर्ने विश्वकर्माले बताए ।

भुकम्प पश्चात संस्थाले धादिङको विभिन्न गाउँ विकास समितिमा राहत तथा नगद वितरण गरिसकेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायत राष्ट्रिय एवं स्थानीय सन्चार गृहमा काम गर्ने पत्रकारहरुको सहभागीता रहेको थियो । सहभागीहरुले संस्थाले गर्ने कामहरु पारदर्शी र आवश्यकतालाई मध्यनजर गरी काम गर्नको लागी आग्रह गरेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुले पीडितको लागी वितरण गरीने राहतका प्याकेजहरु पक्षपातमुक्त भएर वितरण गर्नुपर्ने सहभागीहरुले बताएका थिए ।

About The Author

अन्य समाचारहरु: