२ पुस, गोरखा – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज खानेपानी आयोजनाको शिलान्यास गरेका छन् ।
बारपाक खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै उनलेबारपाकलाई एकीकृत वस्ती विकास योजनाका साथ पुनःनिर्माण गरिने बताए । केयर नेपालको रु तीन करोड ५० लाखको सहयोगमा सो खानेपानी आयोजना बन्न लागेको हो ।
प्रधानमन्त्री ओलीले भूकम्पपीडितलाई रु दुई लाख अनुदान वा धितोसहितको ऋण लिन चाहनेलाई रु पन्ध्र लाख उपलब्ध गराउने बताए । दुई वर्षभित्र बारपारकसम्म सडक कालोपत्र गरिने, ‘भूकम्प स्मारक’ बनाउने र एम्बुलेन्स उपलब्ध गराउने पीडितसमक्ष उनले प्रतिबद्धता व्यक्त गरे ।