Thu. Feb 27th, 2025

जसले मलेखुमा सबैभन्दा पहिले माछा बेच्न सुरु गरे………..

machaa sukaaudai m
सरिता श्रेष्ठ/ २ पुस, धादिङ – नेपाली कृषि क्षेत्रमा छ दशक अगाडि देखि शुरु भएको भनिएको माछापालन व्यवसायले अझै पनि बृहत रुपमा व्यवसायिकरणको रुप लिन सकेको छैन । त्यसैले माछाका लागि छिमेकी देश भारतको भर पर्नु परेको छ ।

प्रशस्त पूर्वाधार र माछाका लागि आवश्यक पानीको व्यवस्था हुँदा हुँदै पनि नेपालमा माछा पालनले व्यवसायिक रुपमा लिन नसक्नुको राज्यको दोष हो भनेर भन्न सक्ने अवस्था प्रशस्त छ । माछाका लागि प्रशिद्ध ठाँउ भनेर धादिङको मलेखुलाई चिनिन्छ । राजधानी काठमाडौ भित्रिने र बाहिरिने नाका भएका कारण पनि सबैको लोकप्रिय ठाँउको रुपमा मलेुखको माछा बजार बनेको छ ।

सर्वप्रथम छविलाल मरहठ्ठाले मलेखुमा माछाको व्यवसाय गर्न थालेसँगै त्यहाँ वरपरका अन्य मानिसहरुले नजर पनि त्यहि व्यवसाय तर्फ नै प¥यो । राज्यले घोषणा गरेका ७ जातका माछाहरु मध्येको प्राय माछाका परिकारहरु मलेखुमा पाइन्छ । अहिले १२ हेक्टर जमिनमा १ सय ६५ वटा पाखरी बनाएर ६४ जना किसानहरुले माछाको व्यवसाय गरिरहेका छन् ।

कसरी ग¥यो छविलाल मरहठ्ठाले माछा व्यवसाय ?

???????????????????????????????

मलेखुमा सर्वप्रथम छविलाल मरहठ्ठाले माछाको व्यवसाय गरेका हुन् । उनले स्थानीय खोलाको आधा केजी माछा र १ केजी आलुबाट शुरु गरेको माछा –चप व्यवसायले आज मलेखु बजार र देश विदेशमा प्रसिद्ध बनेको छ । उनले वि.स.२०३५ फागुन महिनादेखि माछाको व्यवसाय थालनी गरेपछि त्यहाँ वरपर माछाको व्यवसाय गर्नेको संख्या विस्तारै बढ्न थालेको हो ।

उनले मलेखु आएर चिया पसल शुरु गरेको थिएँ । एक दिन एक जना चेपाङले त्रिशुली नदीमा जालमा पारेको माछा बेच्न ल्यायो । त्यही माछा तारेर बेच्न शुरु गरे । पहिलो दिनमै आधा केजी माछा विक्यो । भोलिपल्टबाट चेपाङलाई आग्रह गरेर माछा मार्न पठाउन थाले । माछा तारेर र सिलमा सुकाएर वेच्न थाले । माछा र चप खानेहरुको संख्या बढ्न थाले ।

त्यतिवेला पोखरा–काठमाण्डौ भर्खर बाटो खुलेको थियो । दैनिक ८ वटा गाडी चल्थ्यो । त्यति वेला उनले ५० पैसा प्रतिगोटा चप र ५ रुपैयाँ प्रति प्लेट माछा बेच्ने गर्दथ्यो । अहिले १० रुपैयाँ प्रतिगोटा चप र १ सय ६० रुपैयाँ प्रति प्लेट माछा बेच्ने गर्दछ ।

विगतलाई सम्झदै उनले भने राजदरवारका सदस्य समेतले आफुबाट माछा किनेको र सूर्य बहादुर थापाले समेत शर्मा होटलको नाम लिएर माछा किन्न आएको बताए ।

आफुले माछा–चप बेच्न थालेपछि अरुले पनि सिकेर गर्न थाले । विस्तारै पसल र ग्राहक थपिदै गए । आफूले एकै दिनमा तारेको र सुकाएको गरी १७ किलो माछा र ५ किलो आलुको चप बेच्दा ढंग पर्थे । स्थानीय खोलाको माछाले नपुगेपछि उदयपुरबाट समेत माछा झिकाएको बताए । अहिले मलेखुमा १५ क्यून्टल माछा र १ क्यून्टल आलुको चप दिनहुँ व्यापार हुन्छ । करिव १ सय होटलहरु माछा–चप मात्र बेच्ने होटलहरु छन् ।
फोटो सौजन्य : राजेन्द्र बस्नेत

About The Author

अन्य समाचारहरु: