२ पुस,धादिङ–चिसोको कारण उत्तरी धादिङको जनजिवन प्रभावित भएको छ । पुस महिना सुरु भएसँगै चिसो एक्कासी बढ्दा भुकम्प पीडित नागरिकहरु समस्यामा परेका छन् । चिसोको कारण तुषारो पर्दा गाउँ नकिजै खर्कमा रहेका भेडाहरुलाई चरन क्षेत्रमा लैजान समेत समस्या भएको बिजय तामाङले बताए ।
चिसोको कारण गोठमा राखीएका भेडाहरु पर्न चर्न जान मान्दैनन् तामाङले बताए । तुषारोको कारण भेडा चराउनको लागी समेत समस्या भएको छ । चिसोको कारण घरपालुवा जनवारहरुलाई समेत दाना पानी दिन कठिन भएको देउमाया तामाङले गुनासो गरीन् ।
बैशाख १२ गतेको विनाशकारी भुकम्पको कारण घर भत्किएर अस्थाई शिविरमा बसेका नागरिकहरुलाई विभिन्न स्वास्थ्य समस्याले सताउन थालेको छ । चिसोको कारण बालबच्चा र बृद्धबृद्धा बढी समस्यामा परेका छन् । ओढ्ने र ओछ्याउने कपडा नहँुदा राती निदाउन समेत नपाएको दमै तामाङले गुनासो गरे । अलि अलि भएको कपडा पनि भुकम्पको कारण पुरेको र अन्य न्यानो कपडा नहँुदा समस्यामा माथि झन् समस्या थपिएको छ ।
तिप्लिङको लब्दुङ, हिन्दुङ,ठुलो गाउँ,लिङजो लगायतका स्थानमा चिसो बढेँसग भुकम्प पीडितहरुलाई विभिन्न स्वास्थ्य समस्या देखीएको छ । सरकारले जाडो छल्नको लागी दिने भनेको १० हजार अझै सम्म पनि वितरण नगर्दा भुकम्प पीडित नागरीकहरु कष्टकर जिवन विताउन बाध्य भएका छन् ।