Thu. Mar 13th, 2025

कोरिया जानेको रोस्टर तयार हुँदै, एक महिनापछि पठाउन थालिने

south-korea-008 पुस, काठमाण्डौं -कोरिया जाने कामदारको रोस्टर बनाउने काम सुरु भएको छ। रोस्टर कामदार छनोट प्रक्रियाको अन्तिम चरण हो।

यो प्रक्रिया पार गरेपछि कोरिया जाने बाटो खुला हुनेछ । रोजगारदाताले रोस्टर हेरेर कामदार छनोट गर्नेछन्। सरकारले सन् २०१६ मा काम गर्न जानेको रोस्टर त*यार पारेर कोरियालाई पठाउन थालेको हो।

मासिक आधारभूत तलब नै एक लाख नौ हजार कमाउन सक्ने भएकाले नेपाली युवाका लागि कोरिया रोजगारीको आकर्षक मुलुक हो।हालसम्म पाँच हजार जनाको रोस्टर तयार भइसकेको छ।

यस वर्ष आठ हजार चार सय १० जनाको नाम रोस्टरमा समावेश गरिँदैछ। बाँकी सबै जनाको रोस्टर डिसेम्बर महिना भित्रै तयार भइसक्ने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

भाषा परीक्षा र स्वास्थ्य परीक्षण उत्तीर्ण भई ‘जब एप्लिकेसन’ फारम भरेकाहरूको नाम कामदार छनोट सूची (रोस्टर) मा राखिएको हो। रोस्टर तयार पार्ने काम ईपीएस कोरिया शाखाले गरिरहेको छ।

कुल आठ हजार चार सय ९० जनाले भाषा परीक्षा दिएका थिए। अनलाइनमार्फत रोस्टर तयार पारिएको हो। रोस्टर तयार भएपछि सन् २०१६ जनवरीको अन्तिम सातादेखि छनोटमा परेकालाई कोरिया पठाउन थालिनेछ।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले सन् २०१६ मा कोरिया जाने कामदारको रोस्टर बनाउने काम धमाधम भइरहेको जानकारी दिए। ‘डिसेम्बरभित्र सबै रोस्टर तयार पारेर पठाउने र त्यसपछि कामदार पठाउने काम सुरु हुन्छ’, उनले भने।

कोरिया जानेले उत्पादनमूलक र कृषि क्षेत्रमा काम गर्नेछन्। रोजगारदाताले उत्पादनमूलकमा धमाधम कामदार माग्ने गरेका भए पनि कृषिमा भने माग निकै सुस्त हुने गरेको छ।

कृषिमा सन् २०१३ परीक्षा पास गरी रोस्टरमा रहेकाहरू अझै जान पाएका छैनन्। त्यसबेलाका जान बाँकी १२ सय जना कामदारमध्ये दुई सय जना उत्पादनमूलकका हुन् भने बाँकी सबै कृषि क्षेत्रका छन्।

सन् २०१३ मा भाषा पास गरेकाले दुई वर्षभित्र गइसक्नुपर्छ। सन् २०१४ का भने ९० प्रतिशत कामदार गइसकेका छन्।यस वर्ष रोस्टरमा रहेका सबै कामदार लिन नेपालले कोरियासँग आग्रह गरेको छ।

About The Author

अन्य समाचारहरु: