Thu. Mar 13th, 2025

शनिबारदेखि १० घन्टा लोडसेडिङ

bulb२ पुस, काठमाण्डौं – नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएको भन्दै विद्युत् प्राधिकरणले आगामी शनिबारदेखि लोडसेडिङ बढाएर दैनिक १० घन्टा पुर्याउने भएको छ । हाल साढे ८ घन्टा लोडसेडिङ हुँदै आएकोमा शनिबारदेखि दैनिक १० घन्टा विद्युत् कटौती हुनेछ ।

नदीहरुमा जलस्तर घट्दै गएको र भूकम्पले क्षतिग्रस्त आयोजना पुननिर्माण हुन नसकेका कारण लोडसेडिङ बढेको प्राधिकरणले जनाएको छ । भूकम्पले ९० मेगावाट क्षमताका १० जलविद्युत् आयोजनाको उत्पादन बन्द छ ।

About The Author

अन्य समाचारहरु: