Wed. Mar 5th, 2025

भूकम्पपीडित पुनर्निर्माण विधेयक संसदबाट पारित

Sansad-650x433१ पुस, धादिङ – भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्वन्धी विधेयक बहुमतले पारित गरेको छ । विनाशकारी भूकम्प गएको झण्डै ८ महिनापछि विधेयक पास भएसँगै पुनर्निर्माण प्राधिकरण गठनको बाटो खुलेको छ ।

मंगलबार पेलेर संविधान संशोधान विधेयक पेश गरेको भन्दै मधेसी मोर्चाले भने संसद बहिस्कार गर्‍यो । यद्यपि उसले पुनर्निर्माण विधेयकमा आफ्नो समर्थन रहेको बताएको छ ।

मधेसी मोर्चाको बस्किारपछि रुक्मिणी चौधरी, डिम्पल झाहितका तीन संसदले भने रोष्टम घेराउ गरे । उनीहरुको अवरोधका बीच संसदको बैठकले पुनर्निर्माण विधेयक पास गरेको छ ।

विधेयक पास हुनुअघि सांसदहरुले उठाएको प्रश्नको कानूनमन्त्री अग्नि खरेलले जवाफ दिएका थिए । उनले अब पुनःनिर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्ने बताए ।

गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पले आठ हजार ८८९ जनाको मृत्यु भएको थियो । करिब आठ लाख घर तथा आवासमा क्षति भएको छ ।

About The Author

अन्य समाचारहरु: