Tue. Nov 26th, 2024

मृगौला पीडित रामकृष्ण रिजाललाई चिल्ड्रेनपार्कको सहयोग

kidney-600x0१ पुस,  धादिङ – दुवै मृगौलामा समस्या आएका धादिङको नीलकण्ठ नगरपालिका वडा नंबर ९ का रामकृष्ण रिजाललाई बुधबार चिल्ड्रेनपार्क आवासिय उच्च माध्यामिक विद्यालयले सहयोग गरेको छ ।

उपचाररत रिजालको उपचार खर्चमा सहयोग पुर्याऊन विद्यालयका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरु संग रकम संकलन गरिएको विद्यालयले जनाएको छ । संकलित १५ हजार ४ सय रुपैँया एक कार्यक्रमका विच प्रधानाध्यापक शष्टि कुमार श्रेष्ठले पिडितका पिता देवी प्रसाद रिजालललाई हस्ताण्तरण गरे । खाजा खर्च कटाएर सहयोगका लागि विद्यार्थीहरुले देखाएको सक्रियताबाट अरुलाई दुःख पर्दा सक्दो सहयोग गर्नुपर्ने भावना सिर्जना गराएको प्रधानाध्यापक श्रेष्ठले बताए ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रिजाललाई मृगौला प्रत्यारोपण गर्नका लागि आर्थिक अभाव भएको खबर सार्वजनिक भएपछि विद्यालयका स्काऊट तथा विद्यार्थीहरुको जागरुकतामा रकम सहयोग गरिएको हो ।

About The Author

अन्य समाचारहरु: