Tue. Nov 26th, 2024

धादिङमा १ करोडको पशु बिमा

pasuसरिता श्रेष्ठ/ १ पुस,  धादिङ – गत आर्थिक वर्ष २०७१/ ०७२ मा धादिङका किसानहरुले ९९ लाख ४३ हजार ५ सयको पशु बिमा गरेका छन् । सबैभन्दा बढी गाईमा पशु बिमा गराएका छन् । १ सय ५ वटा गाईमा बीमा गराएका हुन् । त्यस्तै १३ वटा चौरी, ९ वटा भैसी र २ सय ८ वटा बाख्रामा पशु बिमा गराएका छन् ।

जिल्ला पशु सेवा कार्यलय धादिङका सहायक पशु स्वास्थ्य प्राविधिक पुण्यवती खकुरालका अनुसार गत साउन महिनादेखि हालसम्म २२ हजार ८४ वटा पशुहरुको बिमा गरिएको छ । त्यसमध्ये ४ वटा गाई, ३१ वटा भैसी, ३४ वटा बाख्रा र २२ हजार कुखुराको बिमा गराएको हो । विमा बापत १४ लाख ९० हजार ५ सय रुपैया रकम संकलन भएको छ । भने प्रिमियम तर्फ ७४ हजार ५ सय संकलन भएका छन् ।

भूकम्पपछि पशु बिमा गराउनेको संख्या बृद्धि भएको छ । किसानहरुले समयमा नै पशु बिमा नगराउदा भूकम्पमा मरेका पशु चौपायहरुको क्षतिपूर्ति दिलाउन कठिन भएको पशु कार्यलयले जनाएको छ । धादिङमा पशु बिमा गराउनु पर्छ भन्ने कुरा थाहा नहुदा कम मात्रामा किसानहरुले बिमा गराएका छन् ।

बिमा गर्दा किसानहरुलाई आर्थिक रुपमा हुने क्षति र पशुपालन व्यवसाय तर्फ आकर्षण गराउनका लागि सरकारले वि.स. २०६९ माघ १ गते  पशुबिमाको घोषणा गरेको थियो तर त्यो कार्यन्वयन हुन सकेको थिएन । २०७० साउन महिनादेखि देशैभर बिमा कार्यविधि लागु भएसँगै धादिङमा पनि सुरु भएको जिल्ला पशु सेवा कार्यलय धादिङका वरिष्ठ पशु विकास अधिकृत देवेन्द्र भगतले जानकारी दिए ।

सरकारले पशु बिमा गराउनका लागि देशैभर १७ वटा एजेन्टहरुलाई जिम्मा दिइएको छ । धादिङमा शिखर इन्सुरेन्सले जेटिय पास गरेका विभिन्न व्यक्तिहरु मार्फत पशु बिमा गराउदै आइरहेको छ । पुश बिमा गराउदा किसानहरुको हकमा फाइदाजनक हुने प्राविधिकहरुको भनाई छ ।

किसान बिमा कम्पनीमा पुगेपछि बिमा गर्ने गाईवस्तुको पशु प्राविधिकबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । प्राविधिकको स्वास्थ्य परीक्षण र गाईवस्तुको मूल्याङनको आधारमा पशु कार्यालय मातहतबाट बिमा गरिन्छ । बिमा गरिएको रकमको ७५ प्रतिशत सरकारले र २५ प्रतिशत स्वंयम किसानले बेहोर्नु पर्छ । अनुदान रकम किसानले फिर्ता गर्न नपर्ने सरकारी प्रावधान रहेको छ ।

About The Author

अन्य समाचारहरु: