Tue. Mar 4th, 2025

राष्ट्रपति सहभागी हुने कार्यक्रममा अश्रुग्यास प्रहार, सुरक्षा व्यवस्था कडा

JANAKI-TEMPLE-AT-JANAKPUR-4१ पुस, जनकपुर – राष्ट्रपति विद्यादेवी भण्डारीेको जनकपुर आगमनको विरोधमा प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । अहिले जनकपुर तनावग्रस्त छ ।

मोर्चाका कार्यकर्ताहरुले बिभिन्न स्थानमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले भानुचोक, जनकचोक र शिवचोकमा अश्रुग्यास प्रहार गरेको हो । प्रहरी र प्रदर्शनकारीबीच ठाउँ(ठाउँमा झडप भैरहेको छ ।

राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखको हैसियतमा रामजानकी मन्दिरको दर्शन गर्न आउने जानकारी पाएलगत्तै मोर्चाका कार्यकर्ताहरुले बहिस्कार गर्ने निर्णय गरेका थिए ।

About The Author

अन्य समाचारहरु: