भीमदत्तनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी शिक्षा क्षेत्रका उजुरी परेका छन्।
आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालय स्थापना भएको दुई वर्षमा परेका कुल दुई हजार १७९ उजुरीमा सबैभन्दा बढी शिक्षा क्षेत्रका ८२० उजुरी परेका छन्। उक्त उजुरीमा शिक्षाको दरबन्दी मिलानदेखि शिक्षक नियुक्त प्रक्रियामा भएका धाँधलीसम्मका विषयहरु रहेका छन् कार्यालय प्रमुख रवीन्द्रप्रसाद शर्माले जानकारी दिए।
आयोगमा परेका अन्य उजुरीमा स्थानीय विकासमा २७१, वन क्षेत्रका २४६, स्वास्थ्यमा १३८ र भूमिसुधारमा एक हजार १३४ वटा रहेको छ। शर्माका अनुसार एक हजार ६६६ उजुरीको भने फर्स्योट भइसकेको छ।
उनले बाँकी ५१३ वटा उजुरीमाथि अनुसन्धान भइरहेको जानकारी दिनुहुँदै ४९ वटा उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको पनि बताए।
आयोगको अञ्चलगत रेकर्ड अनुसार सेतीमा एक हजार १११ उजुरी परेका छन् भने महाकालीमा एक हजार ५९ उजुरी परेको आयोगले जनाएको छ। रासस