Thu. Feb 27th, 2025

धादिङको गजुरीमा माटो परीक्षण शिविर

mato२९ मंसिर,  धादिङ – धादिङको गजुरी गाउँ विकास समिति वडा नम्वर १ गजुरीमा एक दिने माटो परीक्षण शिविर सम्पन्न भएको छ । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला हेटौँडाको सहयोगमा शान्ति नेपाल र कृषि सेवा केन्द्र गजुरीको संयुक्त आयोजनामा भएको शिविरमा एक सय सत्तरी घरधुरीको माटो परीक्षण गरिएको थियो ।

चेपाङ समुदायको माटोको परीक्षण गरी माटोमा रहेको पौष्टिक तत्वको अवस्थाका विषयमा जानकारी लिई उपयुक्त बाली लगाउनका लागि सहयोग पु¥याउने उद्देश्यले माटो परीक्षण शिविरको आयोजना गरिएको हो ।

शिविरमा माटो परक्षिणको आवश्यकता तथा महत्व, माटो परीक्षण पश्चात कृषि चुन, जैविक मल तथा रसायिनिक मलको सन्तुलित प्रयोगका विषयमा सहजिकरण गरिएको थियो । गजुरी श्रोत केन्द्रमा भएको माटो परीक्षण शिविरमा कृषि सेवा केन्द्र गजुरीका प्रमुख वेद प्रसाद रेग्मी र शान्ति नेपालको कृषि प्राविधिक सुरेश सिग्देलले विषय वस्तुका बारेमा सहजिकरण गरेका थिए ।  शिविरमा जिल्ला कृषि विकास कार्यालय धादिङका छविलाला गुरुङ,  क्षेत्रीय माटो परीक्षण प्रयोगशाला हेटौँडाका प्राविधि अमरनाथ आचार्य, राजेन्द्र रुपाखेती र शिव बाबु जोशीले कृषकहरुको माटो परीक्षण गराएका थिए । माटो परीक्षण गर्दा माटो क्षारीय नभएको, ६८ घरधुरी कृषकको माटामो अम्लिय रहेको र एक सय दुई घरधुरी कृषकको माटोमा अम्लिय नरहेको पाइएको छ ।

यसै गरी माटो  परीक्षण गर्दा वोट विरुवाका लागि आवश्यक पर्ने नाईट्रोजन, फसफोरस र पोटास  सात घरधुरी कृषकको मात्र पर्याप्त रहेको र १६३ घरधुरीको माटामो न्यून रहेको पाईएको छ ।  शिविरमा जोगिमारा , धुषा, वेनिघाट, महादेवस्थान, गजुरी, पिडा र नलाङ गाउँ विकास समितिका कृषकरुले माटो गराउनुभएको शान्ति नेपालका सामुदायिक विकास सहजकर्ता अर्चिता उप्रेतीले जानकारी दिइन् ।

About The Author

अन्य समाचारहरु: