Thu. Mar 13th, 2025

धादिङका स्थानीय विकास अधिकारीद्धारा विभिन्न आयोजनाको निरीक्षण

ldo 1
२९ मंसिर,  धादिङ – धादिङका स्थानीय विकास अधिकारी भगवान अर्यालले मंगलबार विभिन्न आयोजनाको निरीक्षण गरेका छन् । धादिङको किराञ्चोक गाँउ विकास समितिमा रहेको किराञ्चोक

कृषि सहकारी संस्था, आदामघाट–मझुवा–थुम्कीडाँडा सडक खण्डको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा भूकम्पपछि विभिन्न आयोजनामा पारेको प्रभाव, क्षतिका बारेमा पनि जानकारी लिएका छन् । त्यहाँ रहेको गाविसको भवन, स्वास्थ्य चौकीको अवस्थाको पनि निरीक्षण गरेका छन् ।

स्थानीय गाविस भवनमा भएको स्वागत कार्यक्रममा उनले वृताभाउखोप सडकखण्ड, वडा नं १ जोड्ने लप्सीबोटे झोलुङगेपुल चाडै नै निर्माण गर्ने बताए । त्यस्तै मझुवा–थुम्कीडाँडा सडकखण्ड अन्र्तगत मकवापुर जिल्ला तर्फको ३ किलो मिटर ट्रयाक खोल्न अघि बढाउने बताए ।

ldo 2

निरीक्षण पछि आयोजनालाई छिटो, छरितो र प्रभावकारी ढङगले सम्पन्न गर्न निर्देशन समेत दिएका छन् ।

उनलाई किराञ्चोक बासिले भव्य स्वागत समेत गरेका छन् । स्थानीयले किराञ्चोक पर्वाङ उच्च माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय बनाउन भवन निर्माणको माग समेत गरेका छन् ।

आयोजना निरीक्षणमा जिल्ला विकास समिति धादिङ योजना अनुगमन तथा प्रशासकिय अधिकृत युवराज अर्याल, सामाजिक विकास अधिकृत विनोद अर्याल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली लगायतका रहेका छन् ।

About The Author

अन्य समाचारहरु: