Thu. Mar 13th, 2025

मृगौला पीडित १० वर्षीय बालकलाई धादिङ यूएई समाजको सहयोग

dhading-samaj
२९ मंसिर, धादिङ – धादिङको ज्यामरुङ गाँउ विकास समिति वडा नं ४ का मृगौला रोगी १० वर्षका बालक गौतम लामिछानेको उपचारको लागि धादिङ यूएई समाजले आर्थिक सहयोग गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा समाजका सस्थापक लेक योञ्जन तामाङले १ लाख ११ हजार २ सय रुपैयाँ हस्तान्तरण गरे । बालकको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कार्यक्रममा तामाङले बालक र उनका पीता झम्कबहादुर लामिछानेलाई रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै तामाङले मातृभूमि बाहिर रहेर पनि मातृभूमिको सेवा गर्ने अवसर पाएकोमा खुसि लागेको बताउँदै समाजले आगामि दिनमा यस्ता सहयोगलाई निरन्तरता दिने बताए ।

About The Author

अन्य समाचारहरु: