Sat. Jan 4th, 2025

सिजनमा नै जुनार महँगियो

junar-445x300२९ मङ्सिर, काठमाण्डौं-सिन्धुली रातमाटाका जेशिक कार्की शनिबार सिन्धुलीमाढी बजारको सानोभाई फलफूल पसलमा जुनार छान्दै थिए भने जुनार भाउ पनि सोध्दै थिए । ५ किलो जुनार जोखेर लिएर अलि तल झरेका कार्की साथीसँग भन्दै थिए, ‘‘मैले दुई वर्ष भयो मंसिरमा नै ६० रुपैयाँ किलोको जुनार किन्या’’ ‘‘दुई वर्ष अगाडिसम्म त यतिखेर २५/३० रुपैयाँ किलो जुनार पाइन्थ्यो’’, माघ फागुनमा पाइन्थ्यो ३५ रुपैयाँ किलो त, अब जुनार किनेर खान नसकिने रहेछ’’, उनले साथीलाई सुनाए र हिडे आफ्नो बाटो ।

सिन्धुलीमाढीका मिश्रा थापा पनि गत वर्षदेखि सिन्धुलीका जुनारको मूल्य आकासिएको बताउँछिन् । ‘‘काठमाडौंमा रहेका आफन्तहरुलाई जुनार कोसेली पठाउन पर्यो भनेको किनिसाध्य छैन के पठाउनु’’ उनले भनिन् । ‘‘गत वर्षमा नी मंसिरमा नै जुनारको भाउ ६०/७० रुपैयाँ किलो भएको थियो’’ उनले भनिन्, ‘‘अहिले पनि ६०/७० रुपैयाँ किलो जुनार पुगिसकेको छ, जुनार नै जुनारको सिन्धुली भनेको यही जुनार किन्न नसकिने भैसक्यो ।’’

जुनारको पकेट क्षेत्रका रूपमा चिनिएको सिन्धुलीमा उपभोक्ताले महँगो मूल्य तिरेर जुनार उपभोग गर्न बाध्य छन् । बिचौलियाका कारण जुनार महँगिएको उपभोक्ताहरुको भनाई छ । हाल बजारमा जुनारको मूल्य प्रतिकिलो ५० देखि ७० रुपैयाँसम्म छ । बीचका व्यापारी (बिचौलिया) ले भने सिधै बगैंचाबाट कृषकहरूसँग किलोको २० देखि २५ रुपैयाँमा खरिद गरी तेब्बर मूल्यभन्दा बढीमा उपभोक्तालाई जुनार बिक्री गर्ने गरेका छन् ।

‘गत वर्ष पनि जुनारको मूल्य यतिखेर प्रति केजी ५० देखि ६० रुपैयाँ नै रहेकामा यो वर्ष पनि मुख्य सिजनमा समेत प्रतिकेजी ६० र ७० रुपैयाँ भन्दा तल झरेन । ‘दुःख गरेर जुनार फलाउने कृषकले एक नं. जुनारको बढीमा २५ रुपैयाँ प्रतिकिलोसम्म पाउँछन् । जुनारको बोटबाट ५ सय मिटर मात्रको खनियाँखर्क बजारमा समेत यतीखेर ६० देखि ७० रुपैयाँ प्रतिकिलोमा जुनार बिक्री हुने गरेको छ । गत वर्ष देखि सिन्धुलीमा जुनारको मूल्य महँगिएको छ । गत वर्षहरु भन्दा अगाडि जिल्लामा ३० देखि ३५ रुपैयाँ प्रतिकिलो जुनार बिक्री वितरण हुने गरेको थियो ।

जिल्लामा उत्पादन हुने जुनार बढी मात्रामा कोसेलीको स्वरूप निर्यात हुने गरेको छ । अहिले दिनहुँ सिन्धुलीबाट बाहिरिने गाडीका छत जुनारले भरिने गरेको व्यावसायीहरू बताउँछन् । जिल्लामा जुनार उत्पादन हुने अधिकांश क्षेत्रमा सडक सुविधा पुगेकाले उत्पादन भएको जुनार तराईबाट आएका व्यापारीले बगैंचाबाटै खरिद गरेर लाने गरेका छन् । आज भोली ब्यापारिहरुले ढुवानीको कारण देखाएर झन महँगो मूल्यमा जुनार बिक्री गर्ने गरेका छन् । कारोबारबाट

About The Author

अन्य समाचारहरु: