धादिङ जिल्ला गजुरी गाँउ विकास समितिको छेवाङमा जन्मनु भएका लोकनाथ डल्लाकोटी धादिङका युवा व्यवसायी हुन् । धादिङ कलर ल्याव , महाशक्ति इन्टरप्राइजेज, महाशक्ति खाद्य उद्योग लगायतका व्यवसायीक फर्मबाट आफूलाई चिनाएका डल्लाकोटी राष्ट्रिय वाणिज्य संघ धादिङका अध्यक्ष समेत हुनुहुन्छ । “घरेलु उद्योग कृषि जलश्रोत पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धी हाम्रो अभियान” भन्ने मूलनाराका साथ राष्ट्रिय वाणिज्य संघ धादिङले २०७२ पौष ९ देखि १९ गते सम्म “राष्ट्रिय ब्यापार मेला तथा माछा महोत्सव–२०७२” को आयोजना गरिएको छ ।महोत्सवका लागि अहिले तयारी तीव्र पारिएको छ । यस सम्बन्धमा अध्यक्ष डल्लाकोटीसँग महोत्सवका विविध पक्षको विषयमा पाविलन्युज डट कमका संवाददाता अस्मिता खतिवडाले गर्नुभएको कुराकानी
माछा मेलाको तयारी कहाँ पुग्यो ?
हामी तयारीको अन्तिम अन्तिम चरणमा पुगिसकेका छौँ । स्टल निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ । यतिवेला प्रचार प्रसारको कामलाई पनि तीव्र गतिमा अगाडी बढाइरहेका छौँ । जसमा मिडिया तथा संचार माध्यमले पनि निकै महत्वपुर्ण भुमिका खेलिरहेको छ । मेला भव्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि हामीले ३१ सदस्यिय मेला आयोजक समिति नै गठन गरेर अगाडी बढेका छौँ ।
मेला आयोजना गर्नुको मुख्य उद्देश्य चाहिँ के हो ?
जिल्लाको आर्थिक एवं सामाजिक उत्थानका लागि उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रचार प्रसारमा टेवा पु¥याऊँदै व्यवसायिक उत्थान तथा निकासी योग्य वस्तुको उत्पादन र निकासीमा जोड दिने उद्येश्यका साथ हामीले यो मेलाको आयोजना गरेका हौँ । त्यस्तै धादिङ मलेखुको अनौपचारिक ढंगले ब्राण्ड नै बनेको माछा व्यवसायलाई विश्वसनिय बनाऊँदै माछा उत्पादनका क्षेत्र प्रति बढ्दो आकर्षण र लगानीलाई प्रोत्साहित गर्नु पनि हाम्रो मुख्य उद्देश्य हो । सिमेन्ट उद्योग, औषधी उद्योग, ग्यांस उद्योग, मासु प्रशोधन केन्द्र, रोडा ढुङ्गा उद्योग, ईट्टा उद्योग हाल यहां सञ्चालित मुख्य उद्योगहरु हुन् । पर्यटकीय हिसावले गणेश हिमाल पैदल मार्ग, त्रिशुली ¥याफ्टिङ, प्रचुर सम्भावना रहेको बुढिगण्डकी जलाशय युक्त जल विद्युत आयोजना, गंगा जमुना झरना, चमेरे गुफा, भैरवी मन्दिर, मैदीकोट, ढोला मण्डलीमाई, त्रिपुरासुन्दरी मन्दिर, सिद्धलेक लगाएत यहांका आकर्षक गन्तव्यहरु हुन् । सुन्तला, तरकारी, दुग्ध पदार्थ अहिले पनि यस जिल्लाका किसानहरुको मुख्य आम्दानीका स्रोतहरु हुन् ।
जिल्लामा करिव १५० प्रजातिका जडिबुटी पहिचान भै सकेका छन् । रुवी ढुङ्गा, गन्धक, स्लेट ढुङ्गा लगाएतका खानी समेत जिल्लामा रहेको बिभिन्न अध्ययनहरुले देखाउछ । उद्योग वाणिज्यको पूर्वाधारको दृष्टिले धादिङ धनी छ । विद्युत उत्पादन, निर्माण सामग्रीको उपलव्धता, प्रयाप्त पानी, उपयुक्त वातावरण, दुवै छिमेकी देशहरुसंगको निकट दुरी एवं मानब साधनको सुलभ व्यवस्था संगै राजधानी र अन्य ठूला शहरहरु सम्मको सहज पँहुचका हिसावले धादिङमा औद्योगिक लगानी गर्न उपयुक्त छ । यस अवसरमा हामी लगानी कर्ताहरुलाई हार्दिक आमन्त्रण पनि गर्दछौ । विशेषगरी यो मेलाले धादिङ मलेखुलाई माछा उत्पादनको मुख्य क्षेत्रको रुपमा परिचित गराऊन र माछा उत्पादनमा आत्मनिर्भर बनाऊन सहयोग पुर्याऊँछ भन्ने विश्वास लिएका छौ्रँ ।
मेलाका लागि किन मलेखु नै रोजियोे ?
माछा मेला भनिसके पश्चात मलेखु नै उपयुक्त हुन्छ भन्ने ठानेर हो । धादिङ मलेखुको माछा भनिसकेपछि नेपाल भर नै चर्चित छ । पुर्व पश्चिम जाने मुख्य राजमार्ग पनि मलेखु हुँदै जाने र मानिसहरुको आहोर दोहोर पनि बढि हुने भएकाले मलेखुमै गर्ने निर्णय ग¥यौँ । धादिङ मलेखुको अनौपचारिक ढंगले ब्राण्ड नै बनेको माछा व्यवसायलाई विश्वसनिय बनाऊँदै माछा उत्पादनका क्षेत्र प्रति बढ्दो आकर्षण र लगानीलाई प्रोत्साहित गर्नु हाम्रो मेलाको मुख्य उद्देश्य भएकाले पनि मलेखुमै मेला गर्दा उपयुक्त हुने लाग्यो ।
यसपाली, मेलाको मुख्य आकर्षणको रुपमा के रहन्छ ?
मुख्य आकर्षण त माछा नै हो । मेलाका आकर्षणका रुपमा कृषि, जडिबुटी, बालउद्यान, पुरातात्विक वस्तुहरु सहित माछाका विभिन्न परिकारहरु नै रहन्छन् । हामिले माछाका विभिन्न खेलहरु देखाऊने र माछा माछा विच खेलमै प्रतियोगिता पनि देखाऊने तयारी गरिरहेका छौँ । जुन विल्कुलै नौलो तथा आकर्षणकै रुपमा रहन्छ भन्ने हाम्रो विश्वास छ । त्यसैगरी औद्योगिक प्रदर्शनी तथा खरिदविक्रि, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी संगै विक्री, ताजा तरकारी फलफुल तथा कृषि उपज प्रदर्शनी, दुग्ध परिकार प्रदर्शनी, विभिन्न झाँकीहरु संगै लोक तथा आधुकि गितहरु पनि कार्यक्रमको आकर्षणका रुपमा रहेका छन् ।
कति मानिसहरु मेला अवलोकनका लागि आऊँछन् भन्ने लक्ष्य छ ?, कारोबार कत्तिको होला ?
विशेषगरी, धादिङ , नुवाकोट, गोरखा, रसुवाका नागरिकहरुलाई लक्षित गरि मेला गर्न लागेका हौँ । मेला स्थान राजमार्ग क्षेत्रमै भएकाले गर्दा चितवन, मकावनपुर, काठमाण्डौँ लगायत अन्य दैनिक आवतजावत गर्ने मानिसहरु पनि त्यत्तिकै मात्रामा मेला अवलोकनका लागि आऊनुहुनेछ भन्ने विश्वास छ । ठ्याक्कै भन्नुपर्दा २ लाख हाराहारीमा मानिसहरु भित्राऊने लक्ष्य हो । कारोबारको कुरा गर्नुपर्दा १० लाख कारोबार गर्ने लक्ष्य हो ।
अन्त्यमा,
धादिङ जिल्लाको अर्थतन्त्रको मूल आधार कृषि, पर्यटन तथा औद्योगिक क्षेत्र हो । स्रोत र साधनले भरिपूर्ण धादिङले विकासको प्रचुर सम्भावना बोकेको छ । पर्यटकीय हिसावले गणेश हिमाल पैदल मार्ग, त्रिशुली ¥याफ्टिङ, प्रचुर सम्भावना रहेको बुढिगण्डकी जलाशय युक्त जल विद्युत आयोजना, गंगा जमुना झरना, चमेरे गुफा, भैरवी मन्दिर, मैदीकोट, ढोला मण्डलीमाई, त्रिपुरासुन्दरी मन्दिर, सिद्धलेक लगायत यहांका आकर्षक पर्यटक गन्तव्यहरु प्रशस्त मात्रमा रहेको छ । यसको उचित प्रचार प्रसार र प्रवद्र्धन गर्नका लागि पनि मेलाले सहयोग गर्नेछ । र समृद्ध जिल्लाको रुपमा धादिङको पहिचान स्थापित गराउने छ ।
यस जिल्लामा करिव १५० प्रजातिका जडिबुटी पहिचान भै सकेका छन् । रुवी ढुङ्गा, गन्धक, स्लेट ढुङ्गा लगाएतका खानी उत्खनन् हुन सके अझै जिल्लालाई आर्थिक हिसावले सवल वनाउन सकिने हामिले बिश्वास लिएका छौ । राष्ट्रका विभिन्न भागमा छरिएर रहेका उद्योगी ब्यावसायीहरुलाई एउटै थलोमा जुटेर विचार बिमर्श गर्ने अवसर सिर्जना गरी सहभागितामा व्यापक विस्तार गराउन पनि आवश्यक रहेको छ ।
नेपाल सरकारले अपेक्षा गरेको नयां नेपाल निर्माणमा यस्ता कार्यले सकारात्मक भूमिका खेल्न सक्ने छ भने देशको आर्थिक मेरुदण्डको रुपमा रहेको कृषि, उद्योग र पर्यटनको विकास र विस्तारमा उपलब्धी मूलक बनाउन “घरेलु उद्योग कृषि जलश्रोत पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धी हाम्रो अभियान” भन्ने मूलनाराका साथ हामिले संचालन गर्न लागेको “राष्ट्रिय ब्यापार मेला तथा माछा महोत्सव–२०७२” प्रभावकारी हुन्छ भन्ने ठानेका छौँ । अहिले सम्म भइआएका मेला तथा महोत्समा मिडिया क्षेत्रले पु¥याएको योगदानको प्रशंशा गर्दै अबका दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छौँ ।