Tue. Nov 26th, 2024

भुइखाट र खाजाले बढायो विद्यार्थी (फोटो सहित)

???????????????????????
शंकर श्रेष्ठ/ २६ मंसिर,  धादिङ – बाहिरबाट हेर्दा सामान्य कक्षाकोठा हो । भित्र करिब एक आधा फिटको उचाइमा टनक्कै काठको फल्याक ओछ्याइएको छ । त्यसमाथी जुटको कार्पेट र कपडाको चकटी छ । त्यहाँ कोही खेलौना खेलाइरहेका हुन्छन् । कोही निदाइरहेका हुन्छन् । त कोही तोते बोलीमा आफ्नै पाराले बोलिरहेका हुन्छन् । विद्यालयमा भर्ना हुने समय नपुगेका बालबालिकालाई आउने वर्षदेखि विद्यालय आउन प्रेरित गराउने उद्देश्यले स्थापना गरिएको बालविकास केन्द्रभित्र देखिने दृष्य हो यो ।

???????????????????????

भुइमा लडिबुडी गरेर खेल्न पाउदा उनीहरु निकै खुसी पनि देखिन्छन् । खाली भुईमा राख्दा बालबच्चालाई चिसो लाग्ला भनेर निर्माण गरिएको फल्याकको खाटमा उनीहरु मस्तले नाचिरहेका हुन्छन् । भित्तामा बालबालिको नाम लेखिएको ब्रस पनि झुण्डाइएको छ । विहिबार ज्यामरुङको मञ्जुश्री माविमा यी सबै दृष्यहरु एकै पटकमा देखिए ।

विद्यालयका इसिडी कक्षामा किडासासंगको साझेदारीमा प्रयास नेपालले भुईखाटको पनि व्यवस्था गरिदिएको छ । बालविकास सवलीकरण तथा बाल संरक्षण कार्यक्रम अन्तर्गत जिल्लाको ज्यामरुङ, सल्यानटार र सल्यानकोटका १२ ओटा विद्यालयमा बालविकास केन्द्र सबलीकरणको लागि सहयोग गर्दै आएको प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक शेखर सापकोटाले बताए ।

???????????????????????

बालबालिकालाई कुपोषण हुनबाट जोगाउन प्रयास नेपालले सिमान्तकृत र जनजाती समुदायका बालिबालिका बढि रहेको ज्यामरुङको ३, सल्यानटारको ३ र सल्यानकोटको ३ ओटा विद्यालयका इसिडि कक्षाको लागि खाजा खुहाउने व्यवस्था मिलाउदै आएको छ । सापकोटाले भने, ‘पढाउने (राख्ने) ठाउँ नभएका विद्यालयमा अस्थाई सिकाई केन्द्र निर्माण गरेका छौं, चिसोबाट जोगाउन भुईखाट निर्माण र कुपोषणबाट जोगाउन दिउसोमा पोषणयुक्त खाजाको व्यवस्था  गरेका छौं ।’ इसिडिमा आउने बच्चाहरुको आमा समूह गठन गरी परिचालन गर्दै त्यस मध्यका विपन्न परिवारका आमाहरुलाई आगामी दिनमा लधु व्यवसायतर्फ उन्मुख गराइ उनीहरुको आर्थिक अवस्था सुधारका कामहरु गर्ने पनि कार्यक्रम संयोजक सापकोटाले जानकारी दिए ।

सिमान्तकृत परिवारका बालबालिकालाई भुकम्प पश्चात स्वत स्फुर्त रुपमा भयरति वातावरणमा बालविकास केन्द्रमा जाने वातावरण सिर्जना गराउन प्रयास नेपालले इसिडि कक्षामा आउने बालबालिकालाई खाजाको समेत व्यवस्था मिलाइदिएपछि इसिडि कक्षामा आउने बालबालिकाको संख्या दोब्बरले बढेको देउराली प्रावि सल्यानकोटका प्रधानाध्यापक तिलकुमारी थापाले जानकारी दिइन् ।

???????????????????????

सल्यानकोटको देउराली प्राविमा मात्रै होइन सल्यानटारको चक्रदेवी निमाविको इसिडि कक्षामा पनि बालबालिका बढेको छ । ‘इसिडीमा १० जना मात्रै थिए । खेल्ने सामाग्रीहरु खेल्न पाउने र खाजा कार्यक्रम सुरु भएपनि अहिले २६ जना पुगेका छन्’, प्रधानाध्यापक बासुदेव कँडेलले बताए । कक्षा एकमा भर्ना हुने विद्यार्थी निकै कम थियो आगामी वर्ष बढ्ला की भने आशा पनि बढेको उनले सुनाए ।

पहिले एक दुई दिन जान नमानेपनि अहिले खाजा खान पाउने, खेल्न पाउँने भएपछि आफ्नो बालबालिका नियमित विद्यालय जान थालेको मञ्जुश्री मावि ज्यामरुङका अभिभावकहरुले बताए ।

???????????????????????

बालबालिकालाई हरेक दिन छुट्टाछुट्टै पोषणयुक्त खाने कुरा खुहाउने र खुहाइसकेपछि दाँत माझ्न सिकाउने गरेको प्रयास नेपालका सामाजिक परिचालक सुशिला मराशैनीले बताइन् । बालबालिकालाई दाँत माझ्नका लागि कक्षाकोठामा नै मञ्जन र ब्रसको व्यवस्था गरिएको छ ।

??????????????????????????????????????????????

About The Author

अन्य समाचारहरु: