२६ मंसिर, धादिङ -सेवक मित्र (संस्था)ले बैतडीमा एचआइभी सङ्क्रमित बालबालिकालाई गएको ६ महिनामा पाँच लाख ५० हजारभन्दा बढी खर्च गरेको छ ।
जष्खजिल्ला परियोजना परामर्श समितिले सो संस्थाले जिल्लामा गएको ६ महिनामा पाँच लाख ६७ हजार रूपैयाँ खर्च गरेको जनाएको छ । एचआइभी सङ्क्रमित बालबालिकाका लागि सञ्चालन गरेका विभिन्न क्रियाकलापमा खर्च गरिएको सेवक मित्र बैतडीका कार्यक्रम संयोजक जगदीश बमले बताए ।
उनले भने “अहिले २७ एचआइभी सङ्क्रमित बालबालिकालाई मासिक रु दुई हजार ५०० का दरले सहयोग गरिरहेका छौं”। जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, देहीमाडौँ, कटौजपानी, सिद्धेश्वरलगायतका गाविसमा काम गरिरहेको उनले बताए ।
उक्त संस्थाले सङ्क्रमित बालबालिकाका लागि शिक्षा, स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आइरहेको जनाएको छ । रासस