२५ मंसिर, धादिङ – धादिङको सल्यानकोट गाँउ विकास समितिको वडा नं १ लामीडाँडामा शुक्रबार बिहान भैसी बोकेको ट्रक पल्टिदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा सिन्धुलीका जीवन लामाको मृत्यु भएको हो ।
उत्तरी धादिङको फुलखर्क गाविसबाट धादिङबेसी आउँदै गरेको ना ५ ख ६४३७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट १३० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा ट्रकका चालक फुलखर्क बस्ने जसबहादुर घले र सहचालक प्रविण गुरुङ घाइते भएका छन् । घाइतेको सल्यानटार प्राथमिक केन्द्रमा उपचार भइरहेको सल्यानटारका प्रहरी भरत दुराले जानकारी दिए ।