Wed. Mar 5th, 2025

भारतले गरेको नाकाबन्दी अब चाडैँ खुल्छः पोखरेल

shankar २५ मंङ्सिर,धादिङ-  भारतले गरेको नाकाबन्दी अब छिट्टै खुल्ने नेकपा एमालेका स्थायी समिति सदस्य एवं पुर्व मन्त्री शंकर पोखरेलले बताएका छन् । । अनेरास्ववियु धादिङको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न आज धादिङ आएका मन्त्री पोखरेलले नाकाबन्दी गर्ने तत्वले अब घुडा टेक्ने समेत दावी गरे ।

नेकपा एमालले अघि सारेको जबजको नीति सफल भएको भन्दै अब अनेरास्ववियुले समाज परिवर्तनको सम्बाहक बन्नुपर्ने धारणा राखे । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी धादिङ द्वारा आयोजित २ दिने प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दैँ  उनले  सो कुरा बताए । भारतले गरेको नाकाबन्दी अब धेरै दिन नरहेने भन्दै उनले  नाकाबन्दी गर्ने तत्वले घुडा टेक्ने दावी गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धादिङका अध्यक्ष सन्तोष राना  क्षेत्रीको अध्यक्षता र एमाले स्थायी समिति सदस्य शंकर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य खेम प्रसाद लोहनी, अनेरास्ववियुका पुर्व अध्यक्ष माधव ढुङगेल, नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी लगायत जिल्ला कमिटी सदस्य एवं क्याम्पस कमिटीका प्रमुखहरुको सहभागिता रहेको छ ।

दुई दिन सम्म सन्चालन हुने प्रशिक्षण कार्यक्रममा संविधान कार्यन्वयनमा अनेरास्ववियुले खेल्ने भुमिका, अनेरास्ववियुको संरचना लगायत एमालेको भावी रणनीतिको बारेमा अनेरास्ववियुका पुर्व अध्यक्ष माधव ढुङगेलले प्रशिक्षण दिने कार्यक्रम रहेको   अनेरास्ववियु धादिङले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: