Fri. Mar 29th, 2024

धादिङको छत्रेदेउरालीमा रहेको खाली जग्गालाई प्रयोगमा ल्याइने

trust-progrm९ मंसिर, धादिङ – धादिङको छत्रेदेउराली गाँउ विकास समितिको वडा नं ७ मा रहेको खाली जग्गालाई प्रयोग ल्याइने भएको छ ।

नेपाल ट्रष्टको कार्यलय, काठमाडौँको आयोजनामा बुधबार धादिङबेसीमा आयोजना गरिएको धादिङ जिल्ला अन्र्तगत जग्गाको उपयोग सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा जग्गाको प्रयोग गरी पर्यटकिय स्थलको रुपमा चिनाउन सकिने बताइएको छ ।

कार्यक्रममा ट्रष्टका सहसचिव परशुराम अर्यालले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गर्दै नेपाल सरकारले पूर्वराजपरिवार र संस्थाको सम्पूर्ण सम्पति नेपाल ट्रष्टको स्वामित्वमा स्वत जाने व्यवस्था मिलाएपछि अहिलेसम्म पनि जग्गाको कुनै पनि प्रयोग हुन नसकेको बताइएको थियो ।

नेपाल ट्रष्टको नाममा धादिङ सहित १२ जिल्लाका जग्गाहरु रहेका छन् । जुन प्रयोग विहिन अवस्थामा रहेको छ । केही ठाँउहरुमा नमुना पार्क तथा पर्यटकिय स्थल समेत बनेको छ ।

धादिङको छत्रेदेउराली गाँउ विकास समितिको वडा नं ७ मा रहेको खाली जग्गा नेपाल ट्रष्टको स्वामित्वमा गइसक्दापनि  प्रयोगविहिन अवस्थामा रहेको कार्यक्रममा बताइएको छ । १५ हजार १ सय १ रोपनी जग्गा वर्षौदेखि उपयोगविहिन अवस्थामा रहेको छ । खाली जग्गालाई कसरी प्रयोग गर्ने भन्ने विषयमा सरोकारवाला निकायहरुबीच छलफल गर्दा नमुना पार्क, कृषि विद्यालय, वन तथा वन्यजन्तुको आवास क्षेत्र तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि सहभागीहरुले जोड दिएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: