Fri. Mar 29th, 2024

धादिङको मलेखुमा हुने माछा महोत्सवको तयारी तीब्र

fish१५ मंसिर,  धादिङ – आगामी पुस महिनाको ९ गतेदेखि १९ गतेसम्म धादिङको मलेखुमा हुने राष्ट्रिय व्यापार तथा माछा महोत्सवको तयारीलाई तीव्र पारिएको छ ।

घरेलु उद्योग कृषि जलस्रोत पर्यटन प्रवद्र्धन आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने नाराका साथ नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङको आयोजनामा धादिङको वेनिघाट – १ मलेखु बजारमा मेला गर्न लागिएको हो ।

जिल्लाको आर्थिक एवं सामाजिक उत्थानका लागि उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वस्थ्य क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा टेवा पु¥याउदै ब्यावसायिक उत्थान तथा निकासी योग्य वस्तुको उत्पादन र गुणस्तरमा जोड दिने उद्देश्यका साथ मेलाको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष लोकनाथ डल्लाकोटीले जानकारी दिए ।

मेलाले एकातर्फ जिल्लाको आर्थिक एवं सामाजिक उत्थानका लागि उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वस्थ्य लगाएतका क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने छ ।  धादिङ मलेखुको अनौपचारिक प्रकारले ब्राण्डनै बनेको माछा ब्यावसायलाई बिश्वसनीय बनाउदै माछा उत्पादनका क्षेत्र प्रति बढ्दो आकर्षण र लगानीलाई प्रोत्साहित गरी जिल्लालाई आत्मनिर्भर बनाउने र माछा उत्पादनको मूख्य क्षेत्रका रुपमा परिचित गराउन मेलाले टेवा पुग्ने डल्लाकोटीको भनाई छ ।

मेलाका बारेमा
मेलामा १० करोडको कारोबार हुने लक्ष्य राखिएको छ । त्यस्तै २ लाख मानिसहरुले मेलाको अवलोकन गर्ने संस्थाका महासचिव शालिकराम दुवाडीले जानकारी दिए ।

प्रधानमन्त्रीले उद्घाटन गर्ने
कार्यसमितिको निर्णय अनुसार मेलाको  उद्घाटन प्रधानमन्त्रीको हातबाट गरिने भएको छ । औपचारिक रुपमा निम्तो दिन नै बाँकी रहेको आयोजकले जानकारी दिएको छ ।

३१ सदस्यिय मेला आयोजक समिति
मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि ३१ सदस्यिय समितिको गठन गरेको छ । कार्यसमितिमा रहेकाहरुले नै संयोजन गरी मेलालाई सञ्१चालन गरिने बताइएको छ ।

२ सय स्टल रहने
मेलाका लागि स्टल बुकिङ कार्य भइरहेको छ । अहिलेसम्म १ सय २५ वटा स्टलहरु बुकिङ भइसकेका छन् । जम्मा २०० वटा स्टल रहनेछन् । त्यसमा कृषि, जडिबुटी, बालउद्यन, पूरातात्विक बस्तुहरु रहनेछन् ।

को – को आउँदैछन् कलाकार
महोत्सवका लागि विभिन्न राष्टिय« तथा स्थानीय कलाकारहरुलाई खबर गरिसकेको छ । राधिका हमाल, सिताराम कट्टेल, कुञ्जना घिमिरे, हेमन्त शर्मा, कुलेन्द्र विक, पूर्णकला विसी, मनोज गजुरेल, मिलन अमात्य, बद्री पंगेनी लगायतका कलाकारहरु आउने भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: