Tue. Jan 7th, 2025

नेपाली सेनाद्धारा धादिङको गजुरीमा शौचालय निर्माण


१७ बैशाख, धादिङ –

नेपाली सेनाले त्रिशुली नदि किनारमा रहेको रुद्रेश्वर मन्दिरमा सुविधा सम्पन्न शौचालय निर्माण गरेको छ ।

धादिङको गजुरी गाउँपालिका वडा नं १ स्थित त्रिशुली नदिमा रहेको मन्दिरमा नेपाली सेनाको देविदत्त गणद्धारा शौचालय निर्माण गरिएको हो । नवनिर्मित शौचालय भवन नेपाली सेनाका सहायक रथी लवकुमार रायमाझीले समूदायलाई हस्तान्रण गरेका छन् ।

मौलिक तथा प्राचिन धार्मिक स्थलको रुपमा रहेको मन्दिरको संरक्षण र यसलाई सरसफाइ गरि वृहत प्रवद्र्धन गर्नका लागि सेनाले सघाउन यसरी जनतासंग मिलेर सामाजिक र सामुदायिक काम गर्न सेना सधैँ तयार रहेको र विकासका लागि सहयोग गर्ने सहायक रथी रायमाझीले बताए । धार्मिक स्थलमा निर्माण गरिएको शौचालय महिला र पुरुषका लागि छुट्टाछट्टै रहेको छ ।

नेपाली सेनाले क्वीक इम्प्याक्ट प्रोजेक्ट अन्तरगत प्राचिन मौलिकता बोकेको रुद्रेश्वर मन्दिरको मौलिकता जोगाउन र संरक्षणका लागि सेनाले सहयोग गरेको देबिदत्त गण गजुरीका प्रमुख एवं प्रमुख सेनानी सुदिप बानियाँले बताए । गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रबिक्रम बस्नेतले गाउँपालिका र नेपाली सेना बजार सरसफाई लगायतका कार्यमा साझेदारी रहेको र आगामी दिनमा निरन्तर साझेदारी गर्न आग्रह गरे ।

२०७६ बैशाख १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: